कालोबजारी गर्नेलाई निर्दयितापूर्वक कारबाही गरिन्छ : डीआईजी पोखरेल
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले खाद्यान्न र औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेविरुद्ध निर्दयितापूर्वक कठोर रुपमा कारबाही गर्ने डीआईजी पोखरेलले बताए ।
कोराना भाइरसको कारण उत्पन्न त्रासको वातावरणको फाइदा उठाउँदै कृत्रिम अभाव सृजना गर्ने व्यापारी तथा व्यवसायीविरुद्ध प्रहरीलाई सूचना उपलब्ध गराउन समेत नागरिकहरुलाई उनले आग्रह गरे ।
बुधबार बिहान समुदाय–प्रहरी साझेदारी अवधारणा अन्र्तगत महानगरीय प्रहरी वृत्त लैनचौरमा आयोजित स्थानीय प्रहरी र स्थानीय नागरिकको भूमिका विषयक अन्र्तक्रिया तथा संयुक्त प्रहरी मेस शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई उत्कृष्ट बनाउन प्रहरी कर्मचारीहरूले प्राप्त गर्ने सेवा सुविधालाई समेत सुधार गर्दै लैजाने बताए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै डीआईजी पोखरेलले ग्यास उत्पादक, वितरक, पेट्रोल पम्प, डिपो, स्यानिटाइजर र मास्क बिक्रेताको निगरानी राख्न पनि निर्देशन दिए ।
कार्यक्रममा पूर्वप्रहरी अतिरीक्त महानिरीक्षक विज्ञानराज शर्माले नागरिकहरुलाई कोरोना भाइरसबाट बच्न सुझाव दिँदै समुदायले प्रहरीका कमिकमजोरी औंल्याउँदै प्रहरी र समुदाय बिचको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताए ।
अपराध नियन्त्रण तथा शान्ति सुरक्षा प्रदान गरी समाजमा अमन चयन कायम गर्ने कार्यमा आ–आफ्नो क्षेत्रबाट उल्लेखनिय योगदान पुर्याउने महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तोष सिंह राठौरलाई पुरस्कार, अन्य १० जनालाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण