गुल्मीमा जिप दुर्घटना, चालकको मृत्यु
बिहीबार, ०६ चैत २०७६, १८ : ५९
बुटवल । गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप चन्द्रकोट गाउँपालिका ८ को तुराङ्ग मजुवामा पल्टिदा चालक गुल्मीको धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिस जिसीको मृत्यु भएको हो ।
दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीद्वार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको छ ।भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण