तेस्रो मुलुकका सामान भारतमा ‘सेल्फ क्वारेन्टाइनमा’
कोरोना महामारीका कारण रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका सामान आयात रोकिएको छ ।
सामान आयात रोकिँदा भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा गिरावट आएको छ भने उद्योगी व्यवसायी चिन्तित बनेका छन् ।
चीनमा कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि केही दिनदेखि सामान आयात हुँदै आएकोमा पछिल्लो समय भारतले तेस्रो मुलुकका सामान आयातमा कडाइ गरेकाले आयात निर्यात रोकिएको उद्योगी व्यवसायीले बताएका छन् ।
मान्छेबाट मात्र नभई सामानबाट पनि कोरोना सर्ने भएकाले भारतले नै तेस्रो मुलुकबाट आयात हुने सामानलाई कडाइ गर्दा नेपालमा पनि त्यसको असर परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । “चीनलगायत कतिपय मुलुकबाट आउने सामानलाई भारतले सेल्फ क्वारेन्टाइनमा राखेको सुनिएको छ, यसको असर मुलुकको उद्योग व्यवसायमा पनि पर्छ”–उनले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण