युएईमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
शनिबार, ०८ चैत २०७६, १२ : २१
युएई । विश्वभर महामारीको रुप धारण गरेको कोरोनाभाइरसका कारण युएईमा पहिलो पटक मृत्यु भएको घटना प्रकाशमा आएको छ ।
युएईका अधिकारीहरुले कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । युएईमा यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।
युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमणबाट भएको मृत्युको पुष्टि गरेको हो । मन्त्रालयले ट्वीटरमार्फत दिएको जानकारीअनुसार युरोपबाट आएका ७८ वर्षीय साउदी नागरिक र युएई बस्दै आएका ५८ वर्षीय एसियन नागरिकको मृत्यु भएको हो ।
दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । तीमध्ये एक जनामा मुटुको समस्या र अर्कोमा मिर्गौलासम्बन्धी समस्यासमेत पाइएको अधिकारीहरुको भनाइ छ ।
युएईमा कोरोना संक्रमितको संख्या १४० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण