विद्यार्थीलाई घर भाडामा ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेविसंघको माग
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपत्यकामा भाडामा बस्ने विद्यार्थीलाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । यस्तै उपत्यका बाहिर घर भएका र घर जना इच्छुक विद्यार्थीलाई निःशुल्क घर जाने व्यवस्था गर्न नेविसंघको माग छ ।
‘सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई सहुलियत वा कर छुट दिएर कोरोनाको संकट अवधिभर इन्टरनेट सेवा निःशुल्क उपलब्ध गरियोस् । भारतमा कोरोनाको प्रकोप बढेकाले भारतीय नाकाको आवत जावत पूर्ण रुपमा बन्द गरियो,’ अध्यक्ष ढुंगानाद्ववरा जारी विज्ञप्तिमा उल्लेख छ ।
अत्यावश्यक उपभोग्य बस्तुको कृतिम अभाव, महंगी र कालोबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण गर्न नेविसंघले सरकारको ध्यानाकर्षण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण