न्यूजिल्याण्ड मस्जिद हमलाः ब्रेन्टेनले ५१ जनाको हत्याको आरोप स्वीकारे
न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा एक वर्ष अघि दुई मस्जिदमा भएको हमलामा २९ वर्षका अष्ट्रेलियाली नागरिक ब्रेन्टेन टोरेन्टले ५१ जनाको हत्याको अपराध स्विकार गरेका छन् ।
ब्रेन्टेनले अन्य ४० जनाको हत्याको कोसिस र अर्को एउटा चरमपन्थी घटना गराएको पनि स्विकार गरेका छन् । यसअघि ब्रेन्टेनले सबै आरोप अस्विकार गर्दै आएका थिए त्यसकारण अदालती सुनुवाई चलिरहेको थियो ।
दुई मस्जिदमा भएको उक्त हमलाले संसारभरीको ध्यान आकृष्ट गरेको थियो । उक्त हमलापछि न्यूजिल्याण्डमा बन्दुक राख्ने कानून निकै कडा बनाइएको थियो । न्यूजिल्याण्डमा पनि कोरोना भाइरसका कारण लकडाउन चलिरहेको छ त्यसकारण बिहिबार क्राइस्टचर्च हाई कोर्टमा भएको सुनुवाई निकै सिमित राखिएको थियो ।
मानिसहरुलाई यो सुनुवाईमा सामेल हुन दिइएको थिएन । ब्रेन्टेन र उनका वकिललाई पनि भिडियो लिङ्कमार्फत सुनुवाईमा समावेश गरियो । मस्जिदका दुई प्रतिनिधि उक्त सुनुवाईमा पीडित परिवारको तर्फबाट संलग्न भए । न्यायाधिस मेन्डरले भने, ‘कोरोना भाइरसका कारण विभिन्न प्रकारका प्रतिबन्ध छन् त्यसकारण पीडित परिवार कोर्टरुममा छैनन् ।’ अहिले नै सजाय भने तोकिएको छैन ।
फरिद अहमदकी श्रीमती हुस्नाको अल नूर मस्जिदमा भएको हमलामा मृत्यु भएको थियो । ब्रेन्टेनले अपराध स्विकार गरेपछि उनले टीवीएनजेडसँग भने, ‘अब अदालती सुनुवाईबाट छुट्टी पाइयो भन्दै धेरैले राहत महसुस गरेका होलान् । तर जसले आफन्त गुमाएका छन् उनीहरुको पीडा अहिलेसम्म पनि बाँकी छ ।’
बन्दुकधारी ब्रेन्टेनका लागि उनले भने, ‘म उनका लागि प्रार्थना गरिरहेको छु । उनी अब सही दिशामा छन् । उनले अपराध गरेको बोध गरिरहेका छन्, यो कुराको मलाई सन्तोष छ । यो राम्रो सुरुवात हो ।’
हमला कसरी गरिएको थियो ?
१५ मार्च २०१९ मा बन्दुकधारी ब्रेन्टन टोरेन्टले क्राइस्टचर्चको अल नूर मस्जिदमा अन्धाधुन्ध गोलीबारी गरेका थिए । तीस सेकेन्ड भित्र उनले बाहिर आएर आफ्नो कारबाट अर्को बन्दुक निकाले र मस्जिदमा पुनः मानिसहरुमाथि गोली बर्साउन सुरु गरेका थिए ।
उक्त हमलाको ब्रेन्टनले ह्यान्डक्याममार्फत् फेसबुकमा लाइभ पनि गरेका थिए । त्यसपछि लेनवेड मस्जिदमा गएर हमला गरेका थिए । त्यहाँ मस्जिद बाहिर दुई व्यक्तिलाई गोली हानेका थिए र पुनः ढोकाबाट गोलीबारी सुरु गरेका थिए । मस्जिदभित्रबाट एक व्यक्ति बाहिर आए र उनैले हमलाकर्तालाई पिछा परे । पछि पुलिस आएपछि उनलाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



