बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि
शुक्रबार, १४ चैत २०७६, १७ : ३३
लण्डन । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि भएको छ ।
जोनसनले ट्वीटरमार्फत यसबारे जानकारी दिएका छन् । जसमा उनले आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताउँदै चिकित्सकको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको उल्लेख गरेका छन् ।
उनी अहिले सेल्फ–आइसोलेसनमा रहेको र घरमै बसेर आवश्यक सरकारी कामकारबाही गरिरहेको समाचारमा जनाइएको छ ।
बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाको पुष्टि भइसकेको छ भने यसबाट ५७८ जनाको मृत्यु भइसकेको छ। यस्तै १३५ जना निको भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण