कोरोना भाइरसको संक्रमण फैलिइसकेको छैन, अवस्था नियन्त्रणमै छः स्वास्थ्य मन्त्रालय
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संक्रमणको फैलावटको अवस्था नियन्त्रणमै रहेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पूर्ण रिपोर्ट नेगेटिभ आएको बताएको छ । मन्त्रालयले हालसम्म गरिएको ८ सय २ वटा नमुना परीक्षणमा ३ वटामा मात्रै संक्रमण देखिएको र एकजना उपचार भई घर फर्किसकेको र बाँकी २ जना विरामी टेकु अस्पतालमा आइसोलेसनमा रहेको जानकारी गराएको छ ।
संक्रमित २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । उनले टेकुमा ४ जना, पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालमा ३ जनालाई आईसोलेसनमा राखिएको जानकारी दिए । काठमाडौं बाहिर आइसोलेसनमा रहेका विरामीको तथ्याँक संकलन गर्ने क्रम जारी रहेको उनले बताए । मन्त्रालयको कल सेन्टरमा हालसम्म ६ हजार २ सय बढी कलहरु आएको जानकारी उनले दिए । क्वारेन्टाइनमा बसेकाहरु बाहिर निस्केको गुनासो पनि कल सेन्टरमा आउने गरेको भन्दै उनले खोकी ज्वरो लगायत श्वासप्रश्वाससँग जोडिएका समस्याहरुका बारेमा आएका कलहरुमा सतर्कता अपनाउने सम्बन्धीमा जानकारीमूलक सूचना दिने गरिएको बताए ।
स्वाव परीक्षणको दर बढाउने सवालमा मन्त्रालयबाट काम भइरहेको तथा धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण सुरु गर्ने काम अन्तिम चरणमा पुगेको र पश्चिमतर्फ पनि व्यवस्था गर्ने गरी व्यवस्था मिलाउने सम्बन्धमा काम भइरहेको उनले बताए । स्वाब परीक्षणका लागि आवश्यक उपकरणहरु पुग्ने गरी मौजदात रहेको र ३ दिनभित्र पिपिइ लगायतका उपकरण आउने भएकाले ती सबै समस्या समाधान हुने दाबी उनले गरे । चिकित्सक स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको सामाग्री विना संक्रमितलाई हेर्नैपर्ने गरि बाध्यात्मक स्थिति श्रृजना नगरिएको दाबी पनि उनले गरे ।
पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले काठमाण्डौ भित्र ६ वटा र बाहिर १९ वटा हब अस्पताल भनेर राखिएको र ती अस्पतालले फिबर क्लिनिक सञ्चालनमा ल्याएको बताए । काठमाडौ भित्र शिक्षण अस्पताल महाराजगञ्ज ,भक्तपुर अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको अस्पताल र निजामति कर्मचारी अस्पतालमा सम्पर्क व्यक्ति तोकेर काम भइरहेको पनि उनले स्पष्ट पारे । काठमाडौ बाहिरका हब हस्पिटलहरुसँग पनि समन्वय गरि काम भइरहेको र संक्रमण फैलिएको अवस्थामा लिनुपर्ने सर्तकताका बारेमा स्वास्थ्यकर्मी देखि एम्बुलेन्स चालकसम्मको सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्ने गरि मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण