उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
सारांश
- उदयपुरगढी गाउँपालिका वडा नं. ७ जोगिटोलमा भएको बस दुर्घटनामा ३० जना घाइते भएका थिए, जसमध्ये २३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
- महोत्तरीबाट सुनसरी जाँदै गरेको स्कुलको बस दुर्घटनामा परी महोत्तरीका बिमलेश दत्तको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका ७ जनाको मोरङ, धनुषा र महोत्तरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उदयपुर। उदयपुरगढी गाउँपालिका वडा नं. ७ जोगिटोलस्थित सडकमा शनिबार बिहान भएको सवारी दुर्घटनाका घाइतेमध्ये २३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस दुर्घटना हुँदा कुल ३० जना घाइते भएका थिए। तीमध्ये उपचार गराइरहेका २३ जना निको भएर फर्किएका छन् भने बाँकी ७ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा परी महोत्तरीको बर्दिबास नगरपालिकाका बिमलेश दत्तको मृत्यु भएको छ। दुर्घटनालगत्तै उद्धार गरिएका दत्तको उपचारका क्रममा बिहान ९:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान करिब ८:५० बजे भएको उक्त दुर्घटनाका घाइतेमध्ये अहिले ७ जनाको मोरङ, धनुषा र महोत्तरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइतेमध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नं. २ बस्ने ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीको विराटनगरस्थित प्राइम अस्पतालमा उपचार भइरहेको छ। सोही ठाउँकी २४ वर्षीया नितु यादवको प्रादेशिक अस्पताल जनकपुरमा तथा १८ वर्षीया रुपा महतो र २४ वर्षीय अनिल कुमार पासवानको शुभ स्वास्थ्य अस्पताल बर्दिबास महोत्तरीमा उपचार भइरहेको छ।
यस्तै, गौशाला नगरपालिका २ कै ३६ वर्षीय दिनेश साह र उनका ७ वर्षीय छोरा आलोक साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण