रास्वपा प्रथम महाधिवेशन
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
शनिबार, ०६ असार २०८३, १८ : ५५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन एक दिनपछि सुरु हुँदैछ र तयारी तीव्र पारिएको छ ।
- महाधिवेशनस्थल भरतपुरमा सभाहल निर्माण, मञ्च व्यवस्थापन, र झण्डा सजावट जस्ता कामहरू भइरहेका छन् ।
- कार्यकर्ता र स्वयंसेवकहरूको उपस्थितिमा चहलपहल बढेको छ, जसले स्थल सजावट र व्यवस्थापनमा सक्रियता देखाएको छ ।
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा तयारीलाई तीव्रता दिइएको छ ।
महाधिवेशनका लागि सभाहल निर्माण, मञ्च व्यवस्थापन, झण्डा सजावट तथा कार्यक्रम स्थल व्यवस्थापनका कामहरू धमाधम भइरहेका छन् ।
महाधिवेशनस्थलमा अहिले कार्यकर्ता तथा स्वयंसेवकहरूको उल्लेख्य उपस्थितिसँगै चहलपहल बढेको छ। विभिन्न टोलीहरू स्थल सजावटदेखि व्यवस्थापनका काममा सक्रिय छन् ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन भोलिबाट सुरु हुनेछ । उद्घाटन कार्यक्रम भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण