एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
भरतपुर । शनिबार दिउँसो सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक राति ८ बजे एकअर्कालाई सरी र धन्यवाद ज्ञापन गर्दै सकिएको छ ।
आजको बैठकमा सभापति रवि लामिछाने केही भावक देखिए ।
भरतपुरस्थित दियालो फुडल्यान्डमा महाधिवेशनअघि बसेको यो अन्तिम केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै निकै भावुक र सुझबुझपूर्ण धारणा राखे ।
उनले उपस्थित सदस्यहरूलाई देशप्रेमले ओतप्रोत र सुन्दर आकांक्षा बोकेका अनुहारको संज्ञा दिँदै भविष्यमा पनि यसरी नै सहकार्य गर्ने इच्छा व्यक्त गरे ।
बैठकपछि भने आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको उनले स्पष्ट पारे । विधान संशोधन हुँदा पदाधिकारीको संख्या बढाइएको र मनोनीतको संख्या पनि धेरै राखिएकोबारे उठेको प्रश्नलाई विशेष परिस्थितिको रूपमा उनले बुझ्न आग्रह गरे । सञ्चारकर्मीसँग उनले अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रश्रय नदिएको जस्तो लागेको बताए ।
_s5w07Zy1sa.jpg)
_qPNJZehIHZ.jpg)
_ct99Wclk6R.jpg)
_d29UYEAWEs.jpg)
_dXSMJ9ym1v.jpg)
_jZ0eGmOj6n.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण