बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार
सारांश
- प्रहरीले ललितपुरको बालकुमारीमा खैरो हेरोइन कारोबारमा संलग्न ३ जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
- लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले घटनाको पुष्टि गरेका छन् ।
काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ । गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ ।
ललितपुर र काठमाडौँको सिमानास्थित काठमाडौँ महानगरपालिका–३२ तर्फ बालकुमारी पुलमुनि उनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको हो । ब्युरोको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो ।
लागुऔषध कारोबारमा संलग्न कैलाली घर भएका २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ घर भएका १८ वर्षीय नीरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । मण्डलको साथबाट प्रहरीले ३०२ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
गोली प्रहारबाट घाइते भएका ओझैयालाई उपचारका लागि अस्पताल पठाइएको छ । ओझैया खैरो हेरोइन मगाउने मुख्य व्यक्ति रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
उनी लागुऔषध नाइट्रोभ्याट मुद्दामा २०७९ पुस ३ मा थानकोटबाट पक्राउ परेर जेल परेका थिए । ३ वर्ष जेल बसेर २०८२ पुस १७ मा छुटेपछि फेरि लागुऔषध कारोबारमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खैरो हेरोइन रिसिभ गर्न बालकुरीमा पुगेका अशोक प्रहरी देखेर भागेका थिए । उनलाई ब्यूरोको टोलीले काठमाडौँ महानगरापालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण