कोरोना भाइरसः यस्तो मुश्किल समयमा कसरी खुसी रहने ?
एजेन्सी : कोरोना भाइरसको संक्रमणले विश्व नै आतंकित भइरहेको समयमा हरेकमा डर, शंका र बेचैनी हुनु स्वाभाविक नै हो । कोहि पनि व्यक्ति यो संकटको घडीमा रमाउन सकेको अवस्था छैन । मन आतंकित भएको समयमा मानिसहरुमा चिन्ता बढ्ने र विभिन्न मानसिक समस्या पनि उत्पन्न हुनसक्छ । त्यसैले यस्तो समयमा आफूलाई प्रसन्न र ताजा बनाइराख्न के गर्ने त ?
संकटको समयमा खुशी हुने उपाय
मनोविज्ञानका अनुसार चिन्ता र तनावले मानसिक तनाव पनि बढाउँछ । तर यस्तो परिस्थितीसँग जुध्न मुश्किल पनि छैन । त्यसैले जुन विषयमा चिन्ता भइरहेको छ त्यो विषयबाट टाढा हुनुपर्छ । विशेषतः महामारीको दौरान ध्यान मोड्न आवश्यक छ । त्यसैले ध्यान मोड्नको लागि विभिन्न रमाइलो क्रियाकलापहरु गर्नुपर्छ ।
मानसिक स्थिती राम्रो बनाउँन के गर्ने ?
जस्तोसुकै परिस्थितीमा पनि खुशी हुनैपर्छ भन्ने मान्यता राख्नुहँुदैन । आफ्ना आफन्त र नजिकको मान्छेसँग टाढा रहँदा पनि तनाव बढ्न सक्छ । त्यसैले खुशी हुनका लागि स–साना चीजहरुमा ध्यान दिनुपर्छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सेल्फ क्वारेन्टाइनमा बसिरहनुभएको छ भने खाली समयमा घरको सरसफाईमा समय व्यतित गर्ने गर्नुस् ।
सामाजिक सञ्जालहरुमा आएका झुटा समाचार, जानकारीले मानसिक रुपमा विचलित गराउने काम गर्छ त्यसैले त्यस्ता कुरामा ध्यान नदिनुहोस् र सामाजिक सञ्जालमा धेरै समय व्यतित नगर्नुस् ।
मोबाइलजस्ता इलेक्ट्रोनिक सामानहरुको प्रयोग धेरै नगर्नुस् ।
सामाजिक दूरी कायम गर्दै स्वच्छ वातावरणको मज्जा लिनुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण