कोरोना भाइरसः ट्रम्पको बारम्बार फेरिएको बयान
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको लगातार परिवर्तन भइरहेको बयानले अब यो स्पष्ट भइसकेको छ कि उनको देश निकै मुश्किल अवस्थाबाट गुज्रिएको छ र चुनौतीको सामना गरिरहेको छ ।
अमेरिकामा संक्रमितको संख्या संसारभरीकै सबैभन्दा धेरै छ ।
अमेरिकामा संक्रमितको संख्या १ लाख ४२ हजार पुगिसकेको छ । यो निकै डरलाग्दो कुरा हो र राष्ट्रपति आफैंले पनि अब स्थिती भयानक भएको स्विकारिसकेका छन् ।
एक नजर ट्रम्पको परिवर्तन भइरहेको बयानमाः
३० जनवरीः ‘योे पूर्ण रुपमा हाम्रो नियन्त्रणमा छ । अहिलेको समयमा यो हाम्रो देशका लागि निकै सानो घटना हो । मात्र पाँच संक्रमित र उनीहरुलाई पनि अस्पतालमा सफलतापूर्वक भर्ना गरिएको छ ।’
१० फेब्रुअरीः ‘यस्तो लागिरहेको छ कि अप्रिलसम्म, जब थोरै गर्मी चढ्छ तब चमत्कारिक रुपमा यो आफैं परिवर्तन हुनेछ ।’
२७ फेब्रुअरीः ‘यो नष्ट हुने तयारीमा छ । एक दिन चमत्कार जस्तो गायब हुनेछ ।’
१७ मार्चः ‘मलाई लाग्छ कि यसलाई महामारीको संज्ञा दिनुअघि नै यो महामारीको रुपमा फैलिसकेको थियो । मैले यसलाई सधैं अत्यधिक गम्भीरताका साथ हेरेको थिएँ ।’
२५ मार्चः ‘हामी निकै चाँडै सबैकुरा खोल्ने तयारीमा छौं । म देशलाई छिट्टै खोल्न रुचाउँछु । र ईस्टरमा जानका लागि उत्साहित पनि छु ।’
३० मार्चः ट्रम्पले सोसल आइसोलेशनलाई अप्रिल ३० सम्म लम्ब्याउँदै भने, ‘अमेरिकामा यदि हामीले मृत्युको आँकडालाई कम गर्न वा रोक्न सफल भयौं भने हामीले निकै राम्रो काम गरेका रहेछौँ भनेर मान्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण