डर्टमन्टको प्रशिक्षण सुरु
मङ्गलबार, १८ चैत २०७६, ०९ : २७
कोरोना भाईरसको बढ्दो त्रासको बीच जर्मन क्लब बोरुसिया डर्टमन्डले प्रशिक्षण सुरु गरेको छ । युरोपमा बढ्दो महामारीको रुप लिएको कोरोनाको संक्रमण जर्मनमा पनि उत्तिकै छ ।
तर क्लबले खेलाडीको फिटनेशलाई ध्यानमा राखी सोमबारदेखि प्रशिक्षण र तयारी सुरु गरेको हो । जर्मनमा अप्रिल ३० सम्म फुटबल लगायत सबै खाले खेलकुद गतिविधि स्थगित गरिएको छ ।
प्रशिक्षणको पहिलो दिन अर्लिङ हालान्ड, थोमस डिलाने, जियोभानी रेना र इम्री क्यान लगायत खेलाडी उपस्थिति रहेको थियो । लगातार बसिरहँदा खेलाडीलाई असहज भएकोले तयारी सुरु गरिएको क्लबले जनाएको छ ।
कोरोनाले रोकिएको बुन्डेस लिगा सिजनको सुरुवात छिट्टै हुनेमा पनि डर्टमन्ड विस्वस्थ छ । अहिले डर्टमन्ड लिगको दोस्रो स्थानमा छ । डर्टमन्डले २५ खेलबाट ५१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ५५ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण