कविता : मृत्यु
धन्य मृत्यु, जीवन भएर नै तिमी आएका हौ,
आखिर मृत्युलाई जुन नामले पुकारे पनि,
आस्था एउटै तर भगवाणका रुप जस्तै मृत्यु,
कोही काल भन्छन्, कोही स्वर्ग भन्छन, कोही भन्छन परलोक,
त्यसैले यहाँ मृत्युलाई नदेख्ने को छ र, ?
आजभोली मृत्युलाई नदेख्ने को छ र, ?
आजभोली मृत्यु देखि भाग्ने को छ र, ?
एउटा बालकले पनि जिज्ञासु हुँदै भन्छ, ?
आमा मान्छे किन मर्छ, ?
हो ती आमाले पनि मृत्युलाई देखेकी छिन,
आफ्नै सन्तान जन्मिदा पनि मृत्यु देखिन,
बाजेबजै परलोक पर्दा पनि मृत्यु देखिन,
श्रीमानले कुट्दा पनि मृत्यु देखिन,
त्यसैले यहाँ मृत्युलाई नदेख्ने को छ र, ?
आजभोली मृत्युदेखि को भागेको छ र, ?
हाम फाल्नेहरु हुन या झुन्डिनेहरु हुन,
काटिनेहरु हुन या मारिनेहरु हुन,
आखिर मृत्युलाई स्वीकारेकै छन,
हो मृत्युदेखि को भागेको छ र, ?
आज मृत्युको जताततै राज छ,
कोही खान नपाएर मृत्युको मुखमा पुग्छन,
कोही धेरै खाएर मृत्युलाई अँगाल्छन,
कोही चाहेर मृत्युको मुखमा पुग्छन,
कोही नचाहेरै मृत्युको मुखमा पुग्छन,
हो यहाँ मृत्युको राज छ, ।
औषधि नपाएर मरेकाहरु, ह्विस्की खाएर मरेकाहरु,
हाम फालेर गएकाहरु, दलिनमा झुन्डिएकाहरु,
९० पार गर्नेहरु हुन या, ९ डाडा पारी काम गर्नेहरु,
आखिर मृत्युलाई नदेख्ने को छ र, ?
यहाँ, टाउँको छिनालिदा याचना गर्नेहरु,
अप्रेशनको बन्द कोठामा प्राण सुम्पिनेहरु,
हिटलर, सद्दाम हुन या गान्धी हुन,
बेनजिर हुन या हाम्रै पासाङ या मैना सुनार हुन,
यात विरेन्द्र वंश हुन या खारा भिडन्तका मृत्यु हुन,
आखिर मृत्युलाई नदेख्ने को र, ?
त्यसैले आज मृत्युको जताततै राज छ,
मृत्यु सर्वव्यापी भईसकेछ,
मर्न चहानेहरुका लागि पनि मृत्यु छ,
बाँच्न चहानेहरुका लागि पनि मृत्यु छ,
यहाँ मृत्यु नदेख्ने को छ र, ?
अब भन हे मृत्यु,
हिजो तिम्रो नाम सुन्न नचाहनेहरु,
आज तिमीलाई नै पुकार्छन्,
कोही अक्सिजनको सहारामा पुर्काछन,
कोही औषधिको सहारामा पुर्काछन,
यहाँ मृत्यु नदेख्ने को छ र, ?
हो, त्यसैले,
मृत्युलाई भेट्नकै लागि मान्छेहरु के गर्दैनन, ?
कोही हाम फालेकै हुन्, कोही झुन्डिएकै हुन,
कोही काटिएकै हुन, कोही मारिएकै हुन,
तिम्रा लागि चुपचाप स्वीकारोक्ति छ भने,
अब भन हे मृत्यु तिमि अजम्बरी कहिले हुन्छौ ?
दीपकसंगम थापा, रुकुम पश्चिम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण