ट्युनिसियामा लकडाउन – रोबोटले गर्छ गस्ती
ट्युनिसियाको राजधानी ट्युनिसमा लकडाउनको निगरानी गर्न रोबोट परिचालन गरिएको छ । सडकमा हिंड्ने जोकोहीको यसले सुराकी गरिरहेको हुन्छ ।
यसले ती मानिसहरुलाई भेटेर किन बाहिरि निस्किएको भन्दै प्रश्न पनि सोध्छ । ती मानिसले आफ्नो आईडी र अन्य कागजात रोबोटका क्यामेरामा देखाउनुपर्छ, जसलाई हेरेर अधिकारीहरुले उनीहरुको जाँच गर्छन् ।
ट्युनिसियामा कोरोनाका कारण १४ को जनाको मृत्यु भइसकेको छ । अहिले लकडाउन दोस्रो सातामा छ । मानिसहरु अत्यावश्यक सामाग्री र औषधी खरिदबाहेक अन्य काममा बाहिर निस्कन पाउदैंनन् । यस उत्तर अफ्रिकी देशमा अहिलेसम्म ४ सय ३६ जनामा संक्रमण देखिइसकेको छ ।
इभोना रोबोटिक्स कम्पनीले यस रोबोट निर्माण गरेको हो । देशका विभिन्न स्थानमा यस्ता रोबोट छन्, तर यसको संख्या र मुल्यका विषयमा जानकारी दिन कम्पनीले अस्विकार गरेको छ । चार पाङ्ग्रे पीजि गार्ड रोबोट थर्मल इमेजिङ क्यामेरा र लिडार टेक्नोलोजी जडित छ । यसले -याडरजस्तै काम गर्छ, तर रेडियो वेभ्सको सट्टा यसमा प्रकाश प्रयोग गरिएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण