भक्तपुरमा इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु
आइतबार, २३ चैत २०७६, ११ : ००
चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ ।
इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष बच्चाको मृत्यु हुँदै आएकामा यस वर्ष पुरुषको मृत्यु भएको छ । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण