घरमा बुहारीको हत्या गरी लाश जलाएको आरोपमा पक्राउ
आइतबार, २३ चैत २०७६, १२ : २५
पर्सा – बुहारीको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
२५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा कर्तव्य गरी मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको हो ।
मृतकको श्रीमान विदेशमा रहेको भन्ने बुझिन आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोल खटिई गई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण