रौतहटमा वन सुरक्षाटोली र तस्करबीच दोहोरो गोली हानाहान
रौतहट – रौतहटस्थित वन सुरक्षाटोली र तस्कर समूहबीच दोहरो गोली हानाहान भएको छ ।
गुजरा नगरपालिका २ स्थित अन्जुमन सामुदाईक वनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समुहबिच आइतवार साँझ दोहरो गोली हानाहान भएको हो ।
भीडन्तको क्रममा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहले बताएका छन् ।
गोली हानाहानमा सुरक्षाटोली तर्फ कुनै क्षति भएको छैन भने तस्कर समूह भागेका छन् ।
तस्करले छोडेर भागेको एकथना भरुवा वन्दुक गस्तीटोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिएका छन् ।
अन्जुमन सामुदाईक वनक्षेत्र भित्र तस्कर समुहले आइतवार अपरान्ह एकराउण्ड गोली प्रहार गरेका थिए ।
गोलीको आवाज सुनेर अबैध चोरी सिकारी एको आशंकामा चोँचा सेक्टर वन कार्यालयबाट खोज तलासमा गएको गस्तीटोलीसंग जम्काभेट भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताएका छन् ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको अवधिमा रौतहटस्थित राष्ट्यि तथा बिभिन्न सामुदायिक वनक्षेत्रमा चोरी तस्करी बढेको छ । लकडाउनको अवधिमा वन सुरक्षा गस्तीटोलीले करिव एकसय क्युुवि फिट अबैध सालको काठ सहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको डिविजन जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण