डाटा सेक्युरिटीका बारेमा नेपाल इ–गभर्नेन्स सोसाइटीको ध्यानाकर्षण
काठमाडौँ । ‘नेपाल इ–गभर्नेन्स सोसाइटी’ले हालै समाचारमार्फत प्रकाशमा आएका अनधिकृत पहुँच तथा डाटा सेक्युरिटीसँग सम्बन्धित कार्य उपर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोसाइटीका अध्यक्ष सुरेन्द्र ओस्तीले विज्ञप्ति जारी गर्दै नेपाल सरकार अन्तर्गतका नियकाहरु, कर्पोरेट क्षेत्र तथा विभिन्न संघसंस्थाद्वारा संकलित नागरिकका व्यक्तिगत गोपनियतासँग सम्बन्धित अति समवेदनशील विवरण प्राइभेट कम्पनीहरुको डाटाबेस भण्डारण गरेर राख्नु, विनाकुनै मापदण्ड जो कोहीले सजिलै पहुँच पाउनुले डाटा सुरक्षामा प्रश्न चिन्ह खडा भएको जनाएका छन् ।
सोसाइटीले समयमै उपयुक्त कदम नचालेमा भविष्यमा गम्भीर दुरुपयोग हुन सक्ने सम्भावना पनि औँल्याएको छ ।
‘प्रविधिले निम्त्याएको चुनौती सामना गर्न राज्य संयन्त्र तयार हुनै पर्दछ र यदि कहीँ कतै गलत क्रियाकलाप भएको खण्डमा कानुनतः कारवाही हुने व्यवस्था निर्माण गर्नुपर्दछ,’ अध्यक्ष ओस्तीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका प्रकरणमा लोकतन्त्र र प्रेस स्वतन्त्रतासँगै साइबर सुरक्षासँग सम्बन्धित केही पेचिला प्रश्नहरु पनि उठेका हुँदा भविष्यमा यस्ता घटना दोहोरिन नदिन यस सार्वजनिक भएको घटनाको सत्यतथ्य छानविन गरी कारवाहीको दायरामा ल्याउन हामी नेपाल सरकारसमक्ष अनुरोध गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
