सौगातको प्रेमका रहेकी श्रृष्टीलाई अनमोलको साथले सफलता
काठमाडौं – बर्षाैंदेखि कलाका विभिन्न बिधामा क्रियाशील रहँदा पनि पुरस्कार पाउन नसकेका कतिपय सेलिब्रेटीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहँदा अभिनेत्री श्रृष्टी श्रेष्ठलाई भने पहिलो चलचित्रले नै सफलता दिलाएको छ । अर्थात् अभिनेत्री श्रेष्ठले पहिलो चलचित्रबाटै पुरस्कार थाप्न सफल भएकी छन् ।
शनिबार साँझ राजधानीको हायात रिजेन्सी होटलमा आयोजित एनएफडिसी पुरस्कार समारोहमा श्रेष्ठले उत्कृष्ट नव अभिनेत्रीको पुरस्कार हात पारिन् । चलचित्र गाजलु अभिनयका कारणले उनलाई सो पुरस्कार दिइएको हो ।
पूर्व मिस नेपाल समेत रहेकी श्रेष्ठ गाजलुबाटै अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु चलचित्रमै युवा स्टार अनमोलसँग रोमान्स गर्ने अवसर पाएकी श्रेष्ठले गाजलु अभिनयबाट पनि दर्शकको मन जित्न सफल भएकी थिइन् । श्रेष्ठलाई गाजलुमा निर्देशक हेमराज बिसीले भित्र्याएका थिए ।
गाजलुको रिल लाइफममा अभिनेता अनमोलसँगको प्रेम र रोमान्सका कारण चर्चामा रहेकी श्रेष्ठ रियल लाइफमा भने अभिनेता सौगात मल्लसँगको प्रेमका कारणले सधै चर्चामा रहने गरेकी छन् । पछिल्लो समय सौगातसँगको उनको भेटघाट मिडियाले कयौँ पटक समाचारको बिषय बनाएका छन् ।
श्रेष्ठ अहिले चलचित्र लाउरेमा अभिनयरत छिन् । यस चलचित्रमा उनले नरेन लिब्बुसँग रोमान्स रहेको छ । लाउरे सुनिल रावलले निर्माण गरेका हुन् । रावलको चलचित्र साय २ प्रदर्शनको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण