बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

डिशहोमको दशैं तिहार योजनामा ग्राहकलाई ३ हजार छुट

शुक्रबार, १६ भदौ २०७४, १५ : १८
शुक्रबार, १६ भदौ २०७४

काठमाडौँ ।  स्याटेलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक डिशहोमले दशैं तथा तिहारलाई अवसरहरुमा उपभोक्ताहरु माझ ‘खुसी अन गरौं’ नामक योजना ल्याएको छ ।

यस योजना अन्र्तगत ग्राहकहरुले रु. ५९९९ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । अब ग्राहकले नयाँ कनेक्सन २ हजार ९९९ रुपैयाँमा नै मै जोड्न सक्ने छन् । 

डिशहोमले हाल बजारमा बिक्री गरिरहेको हाइब्रिड एचडी सेटअप बक्समा  भारी छुट प्रदान गरेको हो ।

कम्पनीका महाप्रवन्धक कल्याण अधिकारी भने, ‘हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा डिशहोम जडान गर्न पे्ररित गर्न चाहन्छौ । हामी नेपालकै सवैभन्दा बढी एचडी च्यानलहरु भएको र बिक्री पछिको गुणस्तरीय सेवा नेपालभर पु¥याउन सक्षम कम्पनी हौं । सर्वसुलभ मूल्यमा यति गुणस्तरीय डिजिटल सेवा पाउँदा ग्राहकहरु निकै उत्साहित छौँ ।’ 

नेपाल सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकाहरुमा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिशहोमको गुणस्तरीय डिजिटल सेवा जडान गर्न उपयुक्त समय भएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप