बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा

बिहीबार, ३२ असार २०८३, १२ : ३२
बिहीबार, ३२ असार २०८३

सारांश

  • सरकारले सचिवको दरबन्दी रहेका ५ निकायलाई सचिवविहीन राखेर ५ सचिवलाई जगेडामा राखेको छ ।
  • न्याय परिषद् सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल ट्रस्टको कार्यालय र निर्वाचन आयोग सचिवविहीन छन् ।
  • जगेडामा राखिएका ५ सचिवमध्ये डुण्डुराज घिमिरे निलम्बनमा छन् ।

काठमाडौँ । सचिवको दरबन्दी रहेका ५ निकायलाई खाली राखेर वालेन्द्र शाह नेतृत्वको सरकारले ५ सचिवलाई जगेडा (अतिरिक्त समूह) मा राखेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेब पोर्टलका अनुसार सचिवको दरबन्दी रहेका न्याय परिषद् सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल ट्रस्टको कार्यालय र निर्वाचन अयोग सचिवविहीन छन् । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ५ सचिव जिम्मेवारी विहीन अवस्थामा छन् । 

वेब पोटलका अनुसार सचिवहरू डा.गोविन्द शर्मा, लोकनाथ पौड्याल, राधिका अर्याल, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे जगेडामा छन् । जगेडामा रहेका सचिवमध्ये घिमिरे भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाले निलम्बनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप