हुम्लामा आरडिटी शुरु
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका तीन जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । शनिबारदेखि शुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताए । हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका करीब ८७४ जनाकै आरडिटी हुने भएको छ । कर्णाली प्रदेश सरकारबाट जिल्लामा सामग्री पुगेसँगै यो जाँच गर्न शुरु गरिएको हो ।
आजदेखि कोरोना जाँचका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन बलिराज भण्डारीलाई ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिकातर्फ पठाउने तयारी भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकाका क्वारेन्टाइनका लागि भने प्राविधिक भक्ति फडेरालाई पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा नवीन रोकायाले बताए । सो जाँच छिटो गर्नका लागि जिल्लाका सात वटै स्थानीय तहलाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुरोधसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण