सिटी एक्प्रेसको ९० दिने उपहार योजना सार्वजनिक
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सवएक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रा.लि.ले उक्त उपहार योजना सार्वजनिक गरेको हो । प्रा.ली.का प्रबन्धनिर्देशक चन्द्र टण्डनका अनुसार उपहार योजना अन्र्तगत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोलाचाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, र किरिङ उपहारस्वरुप जित्न सक्नेछन् ।
त्यस्तै साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाईल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एल.जी. रेफ्रिजिरेटर उपहार प्रदान गरिने पनि प्रा.लिले जनाएको छ ।
त्यसैगरि प्रा.लीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्देश कटवालले उपहार योजनाको अन्त्यमाएकजनाभाग्यमानीविजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल. कार जित्न सक्नेपनिप्रा.लिले जानकारी दिए ।
कटवालका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिए । यो अफर भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म लागु हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागीहुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण