बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले २ नम्बर प्रदेशमा एक्लै चुनाव लड्छ : गुरुङ

शुक्रबार, १६ भदौ २०७४, १७ : २७
शुक्रबार, १६ भदौ २०७४

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सांसद धनराज गुरुङले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी कुनैपनि पार्टीसँग तालमेल नगरी चुनाव लड्न सक्षम रहेको बताएका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद गुरुङ्ले कांग्रेस आँफै एक्लै चुनाव लड्न सवल र सक्षम रहेको बताएका हुन् । उनले भने,‘हामी एक्लै चुनाव लड्न सक्षम छौं, कसैसँग पनि तालमेल गर्न जरुरी छैन्।’ उनले यसअघिका चुनावी तालमेलमा पार्टीले गलत गरेको समेत गुनासो पोखे । 

साक्षात्कारमा बोल्दै उनले अब हुने चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी समेत गरेका हुन् । यद्धपी उनले पार्टीको सम्पूर्ण तयारी र वर्तमान अवस्थामा पूर्ण रुपले राम्रो छ भन्ने अवस्था भने अहिले नै भन्न नसकिने जिकिर गरे । 

त्यस्तै उनले तराई मधेशमा बाढि पीडितहरुको लागि राहत वितरणमा गलत भएको भनेर चर्चा तथा परिचर्चा गर्नुको साटो बाढि समस्याको समाधान दिर्घकालिन रुपमा खोज्न सरकार लाग्नुपर्ने सुझाए ।

उनले भने,‘के कारणले तराई मधेश वर्षेनि डुबानमा पर्छ, यसको कारण खोज्नुपर्छ, मित्रराष्ट्र भारतसँग कुटनैतिक रुपमा सरकारले कुरा राख्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप