‘काँग्रेस मधेसी दलको अर्को रुप’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लडेपनि पहिलो स्थान हासिल गर्ने दाबी गरेका छन् ।
महासेठले भने, ‘हामी तालमेल गरेपनि वा एक्लै चुनाव लडेपनि ४५ प्रतिशतभन्दा माथि नै मत ल्याउँछौं अर्थात २ नम्बर प्रदेशमा एमाले पहिलो शक्ति हुन्छ।’ उनले दुनियाँको कुनैपनि शक्तिले रोक्न खोजेपनि एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे । असोज २ गतेको स्थानीय तहको चुनावमा कांग्रेससँग भने आफ्नो पार्टीले तालमेल नगर्ने उनले स्पष्ट पारे ।
पार्टीले आउने आईतबारसम्म १३६ वटै तहको उम्मेद्वारको नाम टुँगो लगाउने समेत उनले जानकारी दिए । उनले थपे,‘उम्मेद्धवार टुँगो लगाउने कुरामा हाम्रो पार्टीभित्र कुनै समस्या छैन, प्रायः धेरै ठाउँको भैसकेको छ, बाँकी हामी आईतबारसम्म टुँगो लगाउँछौं।’
उनले कांग्रेसलाई मधेशी दलको अर्को रुपको संज्ञा समेत दिए । उनले भने,‘कांग्रेस आफ्नो कारणले भन्दापनि बाहृय शक्तिको ईशारामा चलेको छ।’ मधेशमा एमालेलाई निषेधको राजनीति गर्नेहरु जति नै सलबल्याएपनि आफूहरु नतर्सिर्ने महासेठले चेतावनी दिए ।
उनले भने,‘नाङ्लो ठट्याएर हात्ती तर्साउन खोजेका होलान्, तर एमाले तर्सिनेवाला छैन।’ उनले अहिले मधेशमा राजपाको नाममा दिनभरि राजपा र बेलुका खाना खाने समयमा कांग्रेस हुनेहरुको हुल लागेको समेत आरोप लगाए ।
उनले निषेधको राजनीति नगर्न समेत चेतावनी दिए । उनले थपे,‘हिम्मत भए भोटिङबाटै हामीलाई मधेशबाट आउट गरेर देखाउनुहोस, होईन भने १०÷२० जना हुल्लरबाजको हल्लाले एमाले तर्सिनेवाला होईन्।’ महासेठले चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिद्धन्द्धी नै कांग्रेस भएको बताए ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै मात्र जनकपुरको एक सार्वजनिक कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई तपाईहरु १०० सिट जित्नुहोस त्यसको लागि जतिपनि बोरा खोल्न हामी तयार छौं भनेर अभिव्यक्ति दिएको आरोप लगाउँदै भने,‘आर्थिक प्रलोभन र प्रशासन दुरुपयोग नगरौं, धाँधलीरहित वातावरणमा चुनाव हुन दिउँ ।’
उनले मधेशमा चुनावको वातावरण बनिसकेकाले सबै पार्टीहरु गाउँ–गाउँसम्म चुनावी अभियानमा होमिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण