शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गर्भवतीको हेलिकप्टरबाट उद्धार

बिहीबार, ०४ वैशाख २०७७, १२ : ३२
बिहीबार, ०४ वैशाख २०७७

–रामचन्द्र न्यौपाने 
डोल्पा । डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई  हवाई उद्धार गरिएको छ ।  सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनीको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गर्नु भएको थियो  । चिकित्सकका अनुसार उनीको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ । 

आज नेपाली सेनाको हेलिकप्टरद्वारा जिल्ला सदरमुकामबाट दुनैबाट उनीलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । बिपनालाई सुत्केरी  गराउन यही वैशाख २ गते जिल्ला अस्पताल  ल्याएको उनका श्रीमान लक्ष्मी रोकायाले जानकारी दिए । उनले भने, ‘श्रीमतीको पेटमा शिशु उल्टो रहेको छ भन्नुभयो डाक्टरले ।  सुर्खेत लैजानुपर्छ भन्नुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप