कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सारांश
- काठमाडौँको कपन भृकुटीचोकमा गएराति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा सङ्खुवासभा घर भई काठमाडौँ बस्ने २४ वर्षीय कुसान शेर्पाको मृत्यु भएको हो ।
- दुर्घटनामा अर्का एक जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ ।
काठमाडौँ । काठमाडौँको कपन स्थित भृकुटीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सङ्खुवासभाको मकालु गाउँपालिका घर भएर काठमाडौँ बस्दै आएका २४ वर्षीय कुसान शेर्पाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
फैकाबाट तीनचुलीतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१४ प ३५६२ नम्बरको मोटरसाइकलसँग कुसानले चलाएको बा.८७ प ६३४७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्काएर दुर्घटनामा परेपछि प्रहरीले उनलाई उपचारको लागि चाबहिल स्थित हेल्पिङ हेण्ड अस्पतालमा पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बागमती प्रदेश–०२–०१४ प ३५६२ नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भएर बौद्ध बस्ने वर्ष २१ का विनोद तामाङ पनि घाइते भएका छन् । उनको उपचार हुँदै छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण