इतिहासमा आज : तेस्रोपटक चन्द्रमा छुने नासाको प्रयास असफल
आज १७ अप्रिल सन् १९७० मा चन्द्रमा पुग्ने लक्ष्य राखेको अमेरिकी अन्तरिक्षयान एपोलो–१३ ले आफ्नो यात्रामा क्षति ब्यहोर्दै फेरि पृथ्वीमै फर्कियो ।
अप्रिल ११ मा फ्लोरिडाबाट यो अन्तरिक्ष यान उडेको थियो, यसमा जेम्स ए लोभेल, जोन एल स्विगर्ट र फ्रेड डब्ल्यु हैस नामका तीन अन्तरिक्ष यात्री थिए ।
चन्द्रमाको फ्रा माउरो हाइल्याडमा अवतरण हुनेगरी यो मिसन सुरु गरिएको थियो । यद्यपी, दई दिनपछि पृथ्वीबाट २ हजार माइल्स पर पुगेपछि यस यानमा समस्या देखियो । स्विगार्टले पृथ्वीस्थित मिसन कन्ट्रोलमा भनेका थिए, ‘हामीलाई यहाँ समस्या देखियो ।’ अक्सिजनको सप्लाई, विद्युत, प्रकाश र पानीको अवरोधको समस्या यस यानमा देखिएको थियो ।
यसलगत्तै मिसन समाप्त भयो र अन्तरिक्ष यात्रीहरुलई इमर्जेन्सीरुपमा पृथ्वीमै ल्यान्ड गराउने प्रक्रिया सुरु गरियो । यो अन्तरिक्षयान चन्द्रमाको अर्बिटमा फन्को मारेर ल्यान्ड नभइ पृथ्वीतर्फ फर्कियो । १७ अप्रिलमा यो यान प्यासिफिक समूद्रमा अवतरण भयो । अन्तरिक्ष यात्रीहरु सकशुल रहे ।
अमेरिकाको नासाअन्तर्गत एपोलो गुरुयोजनामार्फत् यसअघि नै दुई यान चन्द्रमा पुगिसकेका थिए । पहिलोपटक २० जुलाई, १९६९ मा एपोलो ११ र २० नोभेम्बर १९६९ मा एपोलो १२ चन्द्रमा पुगेका थिए ।
अन्य घटनाक्रम
सन् १८१५ मा इन्डोनेसियामा तमबोरा ज्वालामुखी बिस्फोट भयंकर रुप्मा बिस्फोट हुँदा झन्डै १ लाख मानिसको मृत्यु , समुबवाद्वीपस्थित यो ज्वालामुख सयौँ वर्षदेखि शान्त थियो ।
सन् १९४१ मा दोस्रो विश्वयुद्धका दौरान युगोस्लाभियाद्वारा जर्मनीसँग आत्मसमर्पण ।
सन् १९४६ मा फ्रान्सबाट सिरिया स्वतन्त्र भएको घोषणा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण