शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य

शुक्रबार, ०५ वैशाख २०७७, १२ : ४३
शुक्रबार, ०५ वैशाख २०७७

सुर्खेत । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि  कर्णाली प्रदेशसभाको पाचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेशसभा बैठक गत फागुन २७ गतेदेखि बस्न सकेको थिएन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो । विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६  बैठक सम्पन्न भए । प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधीन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो ।  कोरोना भाइरस सिर्जित लकडाउन समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप