शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दैलेखमा र्‍यापिड टेष्ट तीव्र, १४ दिन पूरा गरी २६२ घर फिर्ता

शनिबार, ०६ वैशाख २०७७, १५ : २४
शनिबार, ०६ वैशाख २०७७

दैलेख । कोरोना भाइरसको रोकथामका लागि दैलेखका विभिन्न क्षेत्रमा तयारी तीव्र पारिएको छ । भारतलगायत तेस्रो मुलुकबाट भित्रनेको सङ्ख्या एक हजार ५०० बढी पुगेपछि सबैखाले सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल सरकारले शुरु गरेको ¥यापिड टेस्टबाट धमाधम परीक्षण शुरु गरिएको छ भने पालिकाबाट क्वारेन्टाइनमा बसेका २६२ जना १४ दिन पूरा गरी घर फिर्ता भएका छन् । 

भारत र तेस्रो मुलुकबाट दैलेखमा आउनेको सङ्ख्या करिब एक हजार ५०० पुगिसकेको छ । लकडाउनका बेलामा समेत दिनहुँ नेपालगञ्जदेखि सुर्खेत हुँदै दैलेखका गाउँमा मानिस भित्रिने क्रम रोकिएको छैन । अन्य मुलुकसँगै भारतबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर ¥यापिड टेष्ट शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय दैलेखका प्रमुख निरञ्जन पन्थले बताए ।

दैलेखको निकै दुर्गम मानिएको आठवीस नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८४ को ¥यापिड टेष्ट सकिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । ¥यापिड टेष्टअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय दैलेख र विभिन्न पालिकामा ११३ जनामा टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख पन्थले बताए । 

दैलेखका विभिन्न पालिकाबाट पठाइएका ८८ स्वाब सङ्कलनमध्ये ४६ वटाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ५१ जनाको रिपोर्ट आउन बाँकी नै छ । दैलेखका विभिन्न पालिकामा क्वारेन्टाइनमा बसेका २८३ मध्ये २६२ जना १४ दिन पुगेर घर फिर्ता भएका छन् । जिल्ला प्रहरी र  प्रशासन कार्यालय दैलेखले लकडाउन उल्लङ्घन गरेर सवारी साधन चलाउने नौ जनालाई जरिवाना गरेको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख हरिबहादुर वली बताए । 

सङ्क्रमित व्यक्ति भएका  जिल्ला र उनीहरु चढेर आएको सवारी साधानलाई सुक्ष्मरूपमा खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षणलाई दैलेखको स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले तीव्र पारेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप