घाँटीमा मासु अड्किएर एक बृद्धको मृत्यु
आइतबार, ०७ वैशाख २०७७, १३ : १५
सल्यान । घाँटीमा मासु अड्किएर यहाँ एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।
शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण