शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीद्वारा कार्यालय प्रमुखलाई निर्देशन

बुधबार, १० वैशाख २०७७, २१ : ०५
बुधबार, १० वैशाख २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत १० जिल्लाका कार्यालय प्रमुखलाई काम अघि बढाउन निर्देशन दिएका छन् ।  भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री शाहीले आज १० जिल्लाका भौतिक विकास कार्यालयका प्रमुखसँग गरिएको भिडियो कन्फ्रेन्समार्फत सो निर्देशन दिएका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानी अपनाउँदै सीमित जनशक्तिको प्रयोगबाट गर्न सकिने काम सामाजिक दूरी कायम राखी नियमित गर्न उहाँले कार्यालय प्रमुखलाई सुझाए  । 

मुख्यमन्त्री शाहीले भने, ‘सम्पूर्ण कार्यालय प्रमुखले कोरोनाबाट उच्च सावधानी अपनाएर विकास निर्माणका कार्यालयलाई निरन्तरता दिनुस् । आगामी आर्थिक वर्षको योजनाको निर्माणको पनि तयारी गर्नुस् ।’ उनले १० वटै जिल्लाका कार्यालय प्रमुखसँग हालसम्म भएका विकास निर्माणका कामका बारेमा समेत जानकारी लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप