मुख्यमन्त्री शाहीले गरे १० जिल्लाका प्रजिअसँग भिडियो कन्फ्रेन्स
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशका दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडियो कन्फ्रेन्स मार्फत कोरोना भाइरस (कोभिड(१९) को रोकथाम, नियन्त्रण तथा उपचारका बारेमा भइरहेका विषयबारे जानकारी लिएका छन् ।
बिहीबार भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री शाहीले भइरहेका कामको जानकारी लिँदै कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अझै सक्रियतापूर्वक लाग्न, घरपरिवार भित्रकै जनशक्तिको प्रयोगवाट मौसमी कृषि कार्य गर्नका लागि सहजीकरण गर्न निर्देशन दिएका छन् ।
त्यस्तै कम जनशक्ति र मेशिनको प्रयोगवाट हुने विकास निर्माणका कार्यको निरन्तरताका लागि समन्वय गर्न पनि प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्यमन्त्री शाहीले भनेका छन् ।
‘अति समस्यामा रहेका कारण स्थानीय तहको समन्वयमा जिल्लामा भित्रिएका मजदुर विद्यार्थी लगायतका सवै नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउनु र लकडाउन लम्विदा हुन सक्ने खाद्यसंकटको सामाधानको लागि आवश्यक समन्वय गर्न,’ प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्यमन्त्री शाहीको निर्देशन थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण