सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – प्रलयकारी महाभूकम्पको पाँचौ वर्ष

शुक्रबार, १२ वैशाख २०७७, ०८ : ३९
शुक्रबार, १२ वैशाख २०७७

आज २४ अप्रिल । विक्रम सम्वतअनुसार १२ वैशाख, २०७७।

५ वर्षअघि आजैका दिन बारपाक केन्द्रबिन्दू बनाएर आएको भूकम्पले ठूलो क्षति गरेको थियो । काठमाडौँको धरहरासहित यस भूकम्पपछि क्षतिग्रस्त बनेका अधिकांश संरचनाको पुनर्निर्माण बाँकी नै छ ।

११ बजे ५६ मिनेट जाँदा ७.८ म्याग्निच्युटको प्रलयकारी भूकम्प र त्यसपछि निरन्तर पराकम्प गइरहेका थिए । भोलिपल्टै फेरि  ६.७ रेक्टर स्केलको अर्को ठूलो पराकम्प गयो । त्यस्तै, २९ वैशाखमा दोलखाको सिंगटीलाई केन्द्रविन्दु बनाएर अर्को शक्तिशाली पराकम्प गयो ।

यस भूकम्पमा ९ हजार (दर्ता भएका) भन्दा बढीको मृत्यु भने २२ हजारभन्दा बढी घाइते भए । ३५ लाखभन्दा बढी जनसंख्या घरबारविहीन भयो । १९९० सालको भूकम्पछि यो नेपालमा आएको सबैभन्दा प्रलयकारी भूकम्प थियो । यसले चीन, भारत र बंगलादेशलाई समेत प्रभावित ग¥यो । भूटान र पाकिस्तानमा पनि धक्का महसुस गरियो । नेपालको अर्थतन्त्र लामो समय प्रभावित ग¥यो र लाखौं नेपालीलाई फेरि गरिबीको रेखामुनी पु-याइदियो ।

महत्त्वपूर्ण घटनाक्रम

– भारतीय सेनाको पहिलो र सबैभन्दा बहादुर बटालियन गोरखा रेजिमेन्ट १८१५ मा हिमाञ्चलमा स्थापना ।

–सन् १८७७ ओट्टोमन  साम्राज्यविरुद्ध रुसद्वारा लडाईं घोषणा ।

–सन् १९६७, रुसी अन्तरिक्ष यात्रीको दुर्घटनामा निधन ।

– सन् २०१३, ढाकामा एक भवन ढल्दा ११ सय २९ जनाको मृत्यु, २५ सयभन्दा बढी घाइते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप