इतिहासमा आज – प्रलयकारी महाभूकम्पको पाँचौ वर्ष
आज २४ अप्रिल । विक्रम सम्वतअनुसार १२ वैशाख, २०७७।
५ वर्षअघि आजैका दिन बारपाक केन्द्रबिन्दू बनाएर आएको भूकम्पले ठूलो क्षति गरेको थियो । काठमाडौँको धरहरासहित यस भूकम्पपछि क्षतिग्रस्त बनेका अधिकांश संरचनाको पुनर्निर्माण बाँकी नै छ ।
११ बजे ५६ मिनेट जाँदा ७.८ म्याग्निच्युटको प्रलयकारी भूकम्प र त्यसपछि निरन्तर पराकम्प गइरहेका थिए । भोलिपल्टै फेरि ६.७ रेक्टर स्केलको अर्को ठूलो पराकम्प गयो । त्यस्तै, २९ वैशाखमा दोलखाको सिंगटीलाई केन्द्रविन्दु बनाएर अर्को शक्तिशाली पराकम्प गयो ।
यस भूकम्पमा ९ हजार (दर्ता भएका) भन्दा बढीको मृत्यु भने २२ हजारभन्दा बढी घाइते भए । ३५ लाखभन्दा बढी जनसंख्या घरबारविहीन भयो । १९९० सालको भूकम्पछि यो नेपालमा आएको सबैभन्दा प्रलयकारी भूकम्प थियो । यसले चीन, भारत र बंगलादेशलाई समेत प्रभावित ग¥यो । भूटान र पाकिस्तानमा पनि धक्का महसुस गरियो । नेपालको अर्थतन्त्र लामो समय प्रभावित ग¥यो र लाखौं नेपालीलाई फेरि गरिबीको रेखामुनी पु-याइदियो ।
महत्त्वपूर्ण घटनाक्रम
– भारतीय सेनाको पहिलो र सबैभन्दा बहादुर बटालियन गोरखा रेजिमेन्ट १८१५ मा हिमाञ्चलमा स्थापना ।
–सन् १८७७ ओट्टोमन साम्राज्यविरुद्ध रुसद्वारा लडाईं घोषणा ।
–सन् १९६७, रुसी अन्तरिक्ष यात्रीको दुर्घटनामा निधन ।
– सन् २०१३, ढाकामा एक भवन ढल्दा ११ सय २९ जनाको मृत्यु, २५ सयभन्दा बढी घाइते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण