शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डोटीमा एक हजार ९ सय ९० जनाको कोरोना रिपोर्ट नेगेटिभ

शनिबार, १३ वैशाख २०७७, ११ : ५४
शनिबार, १३ वैशाख २०७७

डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना परीक्षण गरिएको छ । 

कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पिसिआर र एक हजार ६५३ ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो । 

पिसिआर र ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको बारे जानकारी लिन ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट परीक्षण गरिएको छ । 

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कुल ३९ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । उनका अनुसार पाँच महिला र ३४ पुरुष गरी कुल ३९ जनाको कोरोना परीक्षण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप