शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

छोराले गरे बाबुको हत्या

आइतबार, १४ वैशाख २०७७, १९ : १२
आइतबार, १४ वैशाख २०७७

सल्यान । सल्यानमा  छोराले  आफ्नै बाबुको हत्या गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ कुइयाझोलका २१ वर्षीय सुरज विकले शनिबार राति आफ्ना ५४ वर्षीय बाबु बुदे कामीको हत्या गरेका हुन् ।

हत्याको आरोपमा छोरा सुरजलाई नियन्त्रत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । सुरजले  वैशाख १ गते आमाको पनि हात भाँचेको प्रहरीको भनाइ छ । शवपरीक्षणका लागि सल्यान जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख खतिवडाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप