सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – बंगलादेशमा शक्तिशाली टोनार्डोले ८० हजार परिवार घरवारविहीन, १ हजार ३ सयभन्दा बढीको मृत्यु

सोमबार, १५ वैशाख २०७७, १० : १८
सोमबार, १५ वैशाख २०७७

आज २७ अप्रिल ।

बंगलादेशमा हावाहुरी र तुफान सामान्य हो । यस्ता हावाहुरीले टोर्नाडो (धुम्रपात) निम्त्याउने क्षमता पनि राख्छन् । प्रायः मनसुन पहिले र मनसुन लगत्तैका महिनामा यस्तो देखिनछ । बंगलादेशमा औसतमा ६ वटा टोर्नाडो आउने गर्छन्, अप्रिलमा यो संख्या उच्च हुन्छ ।

२६ अप्रिल १९८९ मा दौलतपुर–सतुरिया हुँदै आएको टोर्नाडो बंगलादेशको इतिहासकै शक्तिशाली मानिन्छ । यसले २४ घण्टाभित्र झन्डै ५ सयको ज्यान लिइसकेको थियो भने दशौँ हजारलाई घरबारविहीन बनाइसकेको थियो । तुफानले असर गरेको क्षेत्र ६ महिनासम्म सुख्खा बन्यो ।

यस तुफानले समग्रमा १ हजार ३ सयभन्दा बढी मानिसको ज्यान लिएको थियो । त्यस्तै १२ हजारभन्दा बढी मानिस घाइते भएका थिए । दौलतपुर र सातुरिया यसबाट सर्वाधिक प्रभावित भएका थिए । दौलतपूर हुँदै पूर्वतर्फ गएको तुफान त्यसपछि उत्तरपूर्व हुँदै सातुरियातर्फ गएको थियो ।   

यस तुफानबारे बंगलादेश अब्जर्भरमा प्रकाशित लेखमा उल्लेख छ, ‘यो विध्वंश यति पूर्ण थियो कि केही रुखका अस्तिपञ्जरबाहेक त्यहाँ उभिएका संरचना केही बाँकी थिएनन् ।’ यस घटनापछि यस क्षेत्रका झन्डै ८० हजार परिवार घरवारविहीन भए । गरिबी थप बढ्यो ।

अन्य घटनाक्रम

सन् १५२६– पानीपतको लडाँइमा इब्राहिम लोधीका फौजलाई हराएका मुगल सम्राट बाबर दिल्लीका सुल्तान बने । लडाँइमा इब्राहिम मारिएसँगै दिल्लीमा लोधी वंशको शासन समाप्त, मुगल युग सुरु ।

सन् १९४५– दोस्रो विश्वयुद्धमा नाजी नेता एडोल्फ हिटलरका सेनाविरुद्ध अमेरिकी, बेलायत र सोभियत संघका सेनाहरु एकजुट, जर्मनमिा एल्बे नदीको किनारमा अमेरिका र सोभियत संघका सेनाहरुबीच पहिलो भेट भएको थियो । विश्वयुद्धमा मित्रराष्ट्रको गठबन्धन अर्थात् अमेरिका, बेलायत, सोभियत संघ र चीन नेतृत्वमा रहेका राष्ट्रहरुले मिलेर जर्मनी, जापान, इटलीलगायत देशसँग लडेका थिए ।

सन् १९६१– सिएरा लिओनले स्वतन्त्रता हासिल गरेको थियो । यो पश्चिम अफ्रिकी देश झन्डै १ सय ५० वर्षसम्म बेलायतको अधिनमा थियो ।

सन् १९९३– अफगानी विमान ‘एएनएस ३२’ दुर्घटनाग्रस्त हुँदा ७७ जनाको मृत्यु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप