शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जलवायु परिवर्तन, जुम्लामा तापक्रम घट्यो

सोमबार, १५ वैशाख २०७७, १२ : १६
सोमबार, १५ वैशाख २०७७

जुम्ला । जलवायु परिर्वतनले जुम्लाको तापक्रममा घटबढ हुने गरेको छ । गत वर्षको तुलनामा जुम्लाको तापक्रम घटेकाले चिसो कायमै रहेको बताइएको छ । चिसाका कारण  बाक्लो कपडा लगाउनेदेखि न्यानो गर्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् । 

चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका सुरत हितानले वैशाख महिना लागेपछि गर्मी बढ्नुपर्ने हो तर झन् चिसो बढ्ने गरेको र न्यानो कपडा प्रयोग गर्नुपर्ने अवस्था भएको जानकारी दिए । 

अहिले जुम्लाको तापक्रम न्यूनतम सात दशमलव शुन्य डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग शाखा कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष वैशाख महिनामा जुम्लाको अधिकतम तापक्रम २७ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । यो वर्ष यहाँको अधिकतम तापक्रम २५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।

कार्यालय प्रमुख आसामपुरा कार्कीले एकातिर जलवायु परिवर्तनको केही असर र अर्कोतिर लकडाउनका कारण कलकारखाना, यतायात र उद्योग सञ्चान सञ्चालन नहुँदा पनि तापक्रम घटबढ भइरहेको हुन सक्ने बताए । यो वर्ष धेरै समय हिउँ र पानी पनि परिरहेको उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप