शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?

शुक्रबार, ०१ साउन २०८३, ०८ : ०५
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • मुटु रोग उमेरसँगै नआएर व्यक्तिको बानीका कारण लाग्छ जसले लामो समयसम्म मुटुलाई हानि पुर्याउँछ।
  • घुर्ने बानी, पर्याप्त निद्रा नहुनु, निरन्तर तनाव, दुखाइका लागि बारम्बार औषधि सेवन, गिजाको समस्या र लामो समयसम्म बसिरहने बानीले मुटु कमजोर बनाउँछ।
  • यी बानीहरू परिवर्तन गरी मुटुको हेरचाह गर्नु आवश्यक छ।

काठमाडौँ । मुटु रोग अचानक उमेरसँगै आउँदैन । बरु यो त व्यक्तिको बानीका कारण आउँछ । जसले लामो समयसम्म मुटुलाई हानि पुर्‍याइरहन्छ ।

मुटु हल्ला गरेर होइन चुपचाप कमजोर हुन्छ । धेरैजसो मानिसहरू कोलेस्ट्रोल वा रक्तचापमा ध्यान दिन्छन् तर आफ्नो दैनिक बानी सुधार गर्दैनन् । हाम्रा केही दैनिक बानीहरूले मुटुलाई साँच्चै कमजोर बनाइरहेका हुन्छन् त्यसैले, यी बानीहरू परिवर्तन गर्नु जरुरी छ ।

घुर्ने बानी
घुर्नु निद्राको मात्र समस्या होइन । यो मुटुको समस्याको लक्षण हुन सक्ने डाक्टहरू भन्छन् । ठुलो स्वरमा घुर्ने र सास फेर्न गाह्रो हुनुले रातमा अक्सिजन कम गर्छ र रक्तचाप बढाउँछ, जसले मुटुमा तनाव बढाउँछ । यस्तो अवस्थामा घुराई, दिनभरिको थकान र टाउकोको दुखाई खतराको घण्टी हो ।  

५ घण्टाको निद्रा
यदि तपाईं दिनमा ६ देखि ७ घण्टाभन्दा कम सुत्नुहुन्छ र बेला न कुबेला सुत्नुहुन्छ भने रक्तचाप, चिनी र तनाव बढाउने हर्मोन बढ्छ । रातको शिफ्ट र राति अबेरसम्म फोन स्क्रोल गरेर बस्ने बानीले चुपचाप मुटुमा वर्षौंको बोझ थप्छ । निद्रा विलासिता नभएर बरु मुटुको हेरचाह भएको डाक्टरहरू भन्छन् ।

तनावलाई सामान्य ठान्ने
कहिलेकाँही तनाव हुनु ठीकै हो । तर तनाव जहिले पनि भइरह्यो भने यसले हर्मोनलाई उच्च राख्छ, रक्तचाप र इन्फ्लामेशन बढाउँछ । यसले अस्वस्थ खानपान र धूम्रपान बढाउँछ । यस्तो अवस्थामा, एक दिनको तनाव खतरा हुँदैन । तर कहिल्यै नसकिने तनाव भने मुटुको स्वास्थ्यको लागि साँच्चै खतरा हो ।

हरेक दुखाइका लागि औषधि
बारम्बार दुखाइ निवारक औषधि सेवन गर्नाले रक्तचाप बढ्न सक्छ । यसले हृदयघात र स्ट्रोकको जोखिम बढाउँछ । पहिले नै मुटुको समस्या भएका व्यक्तिहरू उच्च जोखिममा हुन्छन् ।

गिजामा समस्या
डाक्टरहरू भन्छन् कि गिजामा समस्या आउनु वा गिजाबाट रगत बग्नुले शरीरमा इन्फ्लामेसन बढाउँछ र हृदयसम्बन्धी रोगको जोखिमसँग जोडिएको छ । त्यसैले उचित दाँतको हेरचाह आवश्यक छ ।

सधैं बसिरहने
बसिरहनुलाई नयाँ धूम्रपान भन्न थालिएको छ । ८ देखि १० घण्टा लगातार बस्दा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । यसले कोलेस्ट्रोल र मधुमेहको जोखिम बढाउँछ, र मुटुसम्बन्धी समस्याको जोखिम बढाउँछ । त्यसैले, प्रत्येक ३० मिनेटमा २ मिनेट हिंड्नु महत्त्वपूर्ण छ । 

(अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप