लकडाउनको कारण आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् इरफान
सोमबार, १५ वैशाख २०७७, १४ : २२
मुम्बई । कोरोनाको कारण भारतमा विगत एक महिना भन्दा लामो समयदेखि लकडाउन जारी छ ।
भारतमा जारी लकडाउनका कारण अभिनेता इरफान खानले आफ्नो आमाको अन्तिम संस्कारमा समेत सहभागी हुन पाएनन् ।
इरफानको आमा सइदा बेगमको शनिबार निधन भएको हो । इरफान भने अहिले देश बाहिर रहेका छन् ।
लकडाउनका कारण उनी विदेशमै रोकिएकोले आमाको अन्तिम संस्कारमा समेत सहभागी हुन नपाएको भारतिय मिडियाले जनाएका छन् ।
९५ बर्षीय साईदाको राजस्थाको जयपुरमा स्थित आफ्नै निवासमा निधन भएको हो । इरफान एक फिल्मको छायाँकनका लागि लकडाउन अगाडि विदेश उडेका थिए ।
साईदाको अन्तिम संस्कार शनिबार साँझ गरिएको थियो । लकडाउन भएको कारणले अन्तिमसंस्कारमा उनका परिवारका सदस्य मात्र सहभागी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण