इतिहासमा आज : मुसोलिनी र उनकी प्रेमिकामाथि गोली प्रहार
आज २८ अप्रिल । सन् १९४५ मा इटलीमा विरोधीहरुले बेनिटो मुसोलिनी र उनकी प्रेमिका क्लारा पेटाक्कीमाथि गोली प्रहार गरेका थिए । यो जोडी स्वीजरल्यान्ड भाग्न खोज्दै गर्दा विपक्षी दलका कार्यकर्ताले पक्राउ गरेका थिए ।
मुसोलिनी सन् १९२२ देखि १९४५ अप्रिलसम्म इटलीको शासक रहे । उनी इटलीका राष्ट्रवादी फासिस्ट पार्टीका प्रमुख थिए । कुनै समय मुसोलिनिीबाटै प्रेरित भएर हिटलरले नाजी पार्टी र राष्ट्रवादलाई प्रमुख एजेन्डा बनाएका थिए ।
तर, दोस्रो विश्वयुद्धको समयसम्म हिटलर निकै शक्तिशाली थिए र मुसोलिनी उनकै सहयोगमा आफ्नो सत्ता हाँकिरहेका थिए । विश्वयुद्धमा धुरी राष्ट्रका प्रमुख देशमध्ये जर्मनी, जापान र इटली थिए ।
मित्र राष्ट्रको फौज इटालियन पेनिन्सुलातर्फ अघि बढेपछि धुरी राष्ट्रको हार निश्चितजस्तै थियो । ६१ वर्षीय मुसोलिनीले उपाय सोच्न थाले । उनी ब्रिटिस वा अमेरिकीहरुको हातमा पर्न चाहँदैन थिए । उनलाई थाहा थियो कम्युनिष्ट पार्टीका कार्यकर्ता उनको फासिस्ट पार्टीविरुद्ध लडिरहेका थिए र उनीहरुको हातमा पर्दा पनि युद्ध अपराधी करार हुने निश्चित थियो । त्यसैले उनी तेस्रो देशमा भाग्न चाहन्थे ।
उनीहरु स्वीस बोर्डरसम्म पुगेका थिए । तर त्यहाँ पनि विद्रोहीहरु थिए । उनले मास्कले आफुलाई छोपेका थिए, केही जर्मन सैनिकसँगै अस्ट्रिया छिर्ने आशा थियो । तर उनको जुक्ती असफल भयो । विद्रोही कार्यकर्ताले उनी र पेटाक्कीलाई खोजी छाडे र गोली हाने । त्यसपछि जहाँ उनीहरुको शवलाई ट्रकमार्फत मिलान पठाइयो, जहाँ उनीहरुलाई सबैले देख्न सक्नेगरी सार्वजनिक स्थलमा उल्टो गरी झुन्ड्याइयो ।

– सन् १९२०, अजरवैजान सोभियत संघको हिस्सा बन्यो ।
– सन् १९६७, भियतनाम युद्धका दौरान ओलम्पिक च्याम्पियन बक्सर महोमद्द अलिद्वारा अमेरिकी सेनामा आबद्ध हुन अस्वीकार, उनले जितेका उपाधि खोसेर कारबाही गर्ने निर्णय ।
– सन् १९६९, चाल्र्स डि गालद्वारा फ्रान्सको राष्ट्रपति पदबाट राजीनामा ।
– सन् १९७८, अफगानिस्तानका राष्ट्रपति महोम्मद दाउन खानको हत्या ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण