सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – हिटलरद्वारा आत्महत्या

बिहीबार, १८ वैशाख २०७७, १२ : ४७
बिहीबार, १८ वैशाख २०७७

आज ३० अप्रिल । सन् १९४५ मा बर्लिनस्थित मुख्यालमा बंकरमुनि लुकेका एडोल्फ हिटलरले आफैं आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए । योसँगै ५६ वर्षीय हिटलरको विश्वविजेता बन्ने सपना समाप्त भयो ।

आत्महत्याको १० दिनअघि हिटलरको जन्मदिन थियो र उनी त्यतिबेला अन्तिमपटक बंकरबाट निस्किएका थिए, उनले त्यस दिन सोभियत संघको लालसेनाविरुद्ध लड्ने सैनिकलाई आइरन क्रस वितरण गरेका थिए ।

आत्महत्याअघि हिटलरलाई आफु हार्दैछु भन्ने पक्का थियो । त्यसैले, हारभन्दा उनलाई मृत्यु प्रिय बन्यो ।

सन् १९४३ देखि नै मित्र राष्ट्रसामु जर्मनी कमजोर हुन थालेको थियो । यही वर्षको फेब्रअरीमा सोभियत युनियनमा ब्याटल अफ स्टालिनग्राडमा जर्मन सेना परास्त भएको थियो । त्यस्तै सन् १९४४ जुन मा पश्चिमा मित्र राष्ट्रको सेना नोर्मान्डीमा उत्रिएको थियो । फ्रान्सले जर्मनीलाई त्यसयता बर्लिनतर्फ नै धकेल्दै लगेको थियो ।

सन् १९४४ जुलाईमा जर्मनीका धेरै सैन्य कमाण्डरहरुले आफ्नो हार हुने देखिसकेका थिए र हिटलरलाई हटाएर शान्तिका लागि सम्झौता गर्ने योजना बनाइसकेका थिए । तर, हिटलरको हत्या गर्ने उनीहरुको प्रयास असफल भयो र बदलामा हिटलरले आफ्नो देशका ४ हजार सैनिकलाई मृत्युदण्ड दिए ।

सन् १९४५ जनवरीमा सोभियत युनियनले बर्लिन कब्जा गर्ने देखेपछि हिटलर आफ्ना अन्तिम दिनहरु बंकरमा लुकेका थिए । ५५ फिटमुनीको बंकरमा १८ वटा कोठाहरु थिए र यहाँ बिजुली र पानीको व्यवस्था थियो । १६ अप्रिलमा बर्लिनको युद्ध सुरु भयो । हिटलरसँग सोभियत सेनालाई रोक्ने पर्याप्त फौज थिएन । उनले चिकित्सकसँग कसरी आत्महत्या गर्ने भनेर सुझाव मागेका थिए । चिकित्सकहरुले नै साइनाइडको चक्की लिन वा आफैंले आफैंलाई गोली हान्न सुझाएका थिए ।

भनिन्छ, हिटलर बौलाउँदै गएका थिए । उनले आत्महत्या गर्नुभन्दा एक दिनअघि मात्रै आफ्नो लामो समयदेखिकी प्रेमिका इभा ब्राउनसँग बिहे पनि गरेका थिए । आत्महत्याअघि उनले आफ्नो अन्तिम इच्छाअनुसार आफ्ना सहयोगी एडमिरल कार्ल डोनिच्टलाई राष्ट्रप्रमुख र जोसेफ गोयबल्सलाई चान्सलर नियुक्त गरेका थिए । त्यसपछि आफु, आफ्नी श्रीमती र आफ्ना कुकुरहरुलाई समेत विष खुवाए, अनि आफैंले आफैंलाई पेस्तोल हाने ।

सोभियत सेना हिटलरको बगैँचामा पुग्दासम्म सेवाका खटिएका सैनिकहरुले हतारमा हिटलरको दाहसंस्कार गरिसकेका थिए । आठ दिनपछि सम्पूर्ण रुपमा जर्मन सेनाले आत्मसमर्पण ग¥यो, विश्वयुद्धमा मित्र राष्ट्र विजयी भए ।

सन् ५९८– अमेरिकामा पहिलोपटक थियटरको आयोजना ।

सन् १७८९– जर्ज वासिङटन सर्वसम्मतिबाट अमेरिकाको पहिलो राष्ट्रपति चुनिए ।

सन् १९७३– अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले देशको राष्ट्रपतिका रुपमा वाटरगेट काण्डको जिम्मेवारी लिए, यद्यपी व्यक्तिगत रुपमा यसका लागि आफु जिम्मेवार नभएको बताए ।

सन् १९७५–  भियतनाम युद्ध अन्त्य, तीनदिनपछि दक्षिण भियतनामका राष्ट्रपति दुओङ भान मिन्हले आफ्नो सेनालाई आत्मसमर्पण गर्न र उत्तरी भियतनामीलाई हमला रोक्न आग्रह गरे ।

सन् १९९३ – जर्मनीको ह्याम्वर्ग शहरमा एक म्याचका दौरान त्यस समयका नम्बर एक टेनिस खेलाडी मोनकिा सेलेन्जमाथि छुरा प्रहार ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप