मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने

लकडाउनको पूर्णपालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा लकडाउन र त्यसले पारेको असरका विषयमा संघीय सांसद, प्रदेशसभा सदस्य, व्यापारी, निर्माण प्यवसायी, सञ्चारकर्मी र सुरक्षा निकायका प्रमुखबीच छलफल भई सीमामा थप कडाइ र लकडाउनको पूर्ण पालना गरी खाद्यान्न र तरकारी सहज ओसापोसारका लागि प्रशासनले पास उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । “ बैठकमा संघ, प्र्रदेश र पालिकाले शुरुआत गरेको विकासनिर्माणका आयोजनालाई पनि निरन्तरता दिने निर्णय भएको छ ”, उनले भने ।
कपिलवस्तुका सांसदले लकडाउन लम्बिँदै जाँदा मजदूरको प्रयोग गरी जिल्लाका कृषि, विकासनिर्माण र आर्थिक गतिविधि निरन्तर सञ्चालन गर्न दिइनुपर्ने सुझाव दिएका थिए। लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुँदै गएकाले भारतीय सीमा नाकालाई अझ कडाइ गरेर निगरानी बढाउनुुपर्नेमा सांसदको जोड दिए ।
बैठकमा राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, अभिषेकप्रताप शाह र अतहरकमाल मुसलमान, प्रदेशसभा सदस्य विष्णु पन्थी, अर्जुन केसी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोताम, फैजिया खातुनलगायतले यहाँ हालसम्म कोरोना संक्रमण नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । यहाँ लकडाउन समयमा प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि ७०० पास जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन