छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीबार साँझ अचानक अनियन्त्रित भई सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट–४ का ५२ वर्षीय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन् । शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ ।
कोहलपुर– बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं १ कुसुममा गए राति सवारी दुर्घटना हुँदा एक प्रहरीको ज्यान गएको छ । दाङबाट कोहलपुरतर्फ आउने क्रममा सडक दुर्घटनामा परी बारबर्दिया नगरपालिका –४ घर भएका प्रहरी जवान अनिल थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कुसुमको एम्बुलेन्समा घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर ल्याइएकामा बाटैमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण