कश्मिरमा भिडन्त : सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु
कश्मिर । उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ ।
आतंकवादी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेका थिए । आतंकवादीले घरका सदस्यलाई बन्धक बनाएका थिए । उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भिडन्त सुरु भएको थियो । मारिनेमा कर्णेल आशुतोषको साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् । त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीले पनि घटनामा ज्यान गुमाएका छन् । सुरक्षाबलले बन्धक बनाइएका घरका सदस्यहरुको उद्धार गरेका छन् ।
कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए भने इलाहाबादका वासिन्दा रहेका थिए ।
यस वर्ष जनवरीदेखि अहिलेसम्म जम्मू–कश्मीरका अलग–अलग क्षेत्रमा भएको मुठभेडमा ६२ भन्दा बढी आतंकवादी मारिएका छन् ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण