चट्याङ लागेर सल्यानमा एकको मृत्यु
मङ्गलबार, २३ वैशाख २०७७, २१ : १०
सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो ।
मङ्गलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यस्तै चट्याङ लागेर कुमाख गाउँपालिका–३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, उनकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेकबहादुर राना र २३ वर्षीय रणसिहं राना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण