जुम्लामा ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम
जुम्लाको तिला गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पु¥याउन सुनौलो हजार दिनअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ ।
सो कार्यक्रमअन्तर्गत निरन्तररूपमा स्वास्थ्य संस्थामा जाँच गर्नेदेखि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराउने र नियमितरूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने गरिएको आएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।
गाउँपालिकाको स्वास्थ्य चौकी घोडे, स्वास्थ्य चौकी राँसा, जुम्लाकोट स्वास्थ्यचौकी र कुडारी स्वास्थ्य चौकीमा पुगेर गर्भवतीलाई कोसेलीस्वरुप पोषिलो खानेकुरा वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी हितानका अनुसार गाउँपालिकाभित्रका ६० गर्भवतीलाई पोषिलो कोसेली वितरण गरिएको छ ।
सो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीलाई स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउनमा महत्वपूर्ण भूमिका खेल्न स्वास्थ्य शाखा सहसंयोजक हितानले बताउनुभयो ।
उपाध्यक्ष बुढाले साबुनपानीले नियमित हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र घरबाहिर निस्कँदा मास्क अनिवार्यरूपमा प्रयोग गर्न व्यक्तिबीच दूरी कायम राख्ने, आफ्नो आँखा, नाक र मुख हातले नछुनेजस्ता क्रियाकलाप गरिएको बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण